डडेलधुरामा बस दुर्घटनाः ६ को मृत्यु, २५ जना घाइते

डडेल्धुरा । डडेल्धुरामा आज विहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । २५ जना भन्दा बढी घाइते भएका छन् । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा दुर्घटना भएको हो । 

मृतकको सनाखत हुन सकेको छैन । बस बिहान पौने ५ बजे सडकबाट अन्दाजी २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ ।