प्यूठानमा चट्याङ लागेर एक महिलाको मृत्यु

२० जेठ, प्यूठान । आइतवार साँझ परेको चट्याङबाट प्यूठानमा एक महिलाको ज्यान गएको छ ।

नौबहिनी गाउँपालिका–५, सानो डामृमा ६४ वर्षीय गोठी बुढाको मृत्यु भएको हो ।

बाख्रा चराउन जंगल गएका बेला चट्याङ लाग्दा बेहोस भएकी बुढाको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा ज्यान गएको स्थानीय तेजेन्द्र विएमले जानकारी दिए ।

चट्याङले सात वटा बाख्रासमेत मरेका छन् ।

यसैबीच, वर्षाले पनि जिल्लाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । वर्षाले डामृकै हेमराज सुनारको घर भत्किएको छ ।