मेक्सिकोमा बस दुर्घटना हुदाँ २१ जनाको मृत्यु

एजेन्सी । मेक्सिकोमा पर्यटक चढेको एउटा बस दुर्घटना हुंदा कम्तिमा २१ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु ३० जना घाईते भएका छन् । भेराक्रुज राज्यको पहाडी राजमार्गमा बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

समुन्द्र सतहबाट करिव दुई हजार उचाईमा रहेको उक्त राजमार्ग माल्ट्राथा पहाडको सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र मानिन्छ ।

भिरालो बाटोमा ब्रेक फेल भएर एउटा बसले सन्तुलन गुमाएर अर्को बसमा ठक्कर दिएको र वसमा आगो लागेको अधिकारीहरुले जनाएका छन् । 

http://janasamachar.com/read/post/2831