डेन्यूब नदीमा डुंगा पल्टिँदा कम्तीमा सात जनाको मृत्यु

एजेन्सी । हंगेरीको राजधानी बुडापेस्टको डेन्यूब नदीमा डुंगा पल्टिँदा कम्तीमा सात जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनापछि १९ जना हराइरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचार संस्था एमटीआईका अनुसार, डुंगामा धेरै दक्षिण कोरियाका पर्यटक सहित ३३ जना मानिस सवार थिए । त्यो डुंगालाई अर्काे डुंगाले ठक्कर दिएको थियो ।

http://janasamachar.com/read/post/2832